विकासको गतिले तीव्रता पाउँछ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश एउटा गतिमा अगाडि बढिसकेकाले अब विकासको कामलाई तीव्रता दिने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–१ स्थित भन्सार युवा क्लबको आयोजनामा सञ्चालित भानु कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा उहाँले देशले निकास पाएकाले अब विकासका कामले पनि तीव्रता पाउने उल्लेख गर्नुभयो । ...

शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो छ : पूर्वप्रधानमन्त्री खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो रहेको बताउनुभएको छ । फोकस नेपालले २०९औँ भानुजयन्ती एवं गुरुपूर्णिमाका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती विषयक अन्तक्र्रिया तथा सम्मान’ कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा आमूल परिव...

विनियोजन विधेयक सम्बन्धमा सम्बन्धित मन्त्रीको जवाफ

गण्डकी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको छ । जवाफमा अधिकांशले सीमित साधनस्रोतका बाबजुद प्रदेशवासीका अपेक्षालाई सम्बोधन गर्न खोजिएको बताउनुभयो । सरकारका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले प्रहरीमा दरबन्दीभन्दा धेरै ...

स्कटल्याण्डले नेपाललाई जितका लागि दियो १४५ रनको लक्ष्य

स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिएको छ । स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदान नेपालले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४२ दशमव ५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनायो । स्कटल्याण्डका ...

सांसद भण्डारीको प्रश्न : किन विधेयकको मृत्यु गरिँदैछ सरकार ?

कर्णाली, २९ असार (रासस) : कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारीले प्रदेश सरकारले तीनवटा विधेयकको मृत्यु गराउन खोजेको टिप्पणी गर्नुभएको छ । कर्णाली प्रदेशसभाको आजको बसेको १०औँ अधिवेशनको २४औँ बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य भण्डारीले समितिमा गएर पर्याप्त छलफल भएका विधेयकलाई प्रदेश सरकारले अगाडि बढाउनुको साटो फिर...

मालपोत कर्मचारीसहित १३ जनालाई सजाय

जिल्ला अदालत सुर्खेतले धनीलाई थाहै नदिएर जग्गा खरिद–बिक्रीसम्बन्धी कार्यमा संलग्न १३ जनालाई कैद तथा जरिवानाको फसैला गरेको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका छ कर्मचारीसहित १३ जनालाई कैद तथा जरिवाना तोकेको हो । वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतले साबि...

भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी, निभाउने कार्य जारी

काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर ब...

चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर सामान्य बदली रही चार प्रदेशमा भारी वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले प्रदेश नं १ र बाग्मती प्रदेशका पहाडी भू–भागलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिन...

श्रमिकको बिरामी खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदान र रोजगारदाताको सुरक्षालाई समन्वय गरेर लैजानुपर्ने बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले श्रमिकको योगदानको कदर गर्ने र रोजगारदातालाई सम्मान गर्ने नीति सरकारको रहेको जानकारी दि...

स्वामित्व ग्रहण र पूर्वाधार अभावले भानु गृह निर्माण कार्य अलपत्र

दमौली, २९ असार (रासस) ः राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मघर पुनःनिर्माणको काम शिलान्यास भएको छ वर्ष बित्दा पनि सुरु हुनसकेको छैन । तनहुँको भानु नगरपालिका–४ शिखरकटेरीस्थित भानुगृह पुनःनिर्माणका लागि छ वर्षअघि शिलान्यास भए पनि काम अघि बढ्न नसकेको हो । पश्चिमाञ्चल विकास मञ्चले भानु गृहको पुनःनिर्माणक...