अध्यक्ष ओलीसँग चिनियाँ नेताको भेटवार्ता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा मंगलबार शिष्टाचार भेटवार्ता गर्दै नेपालको चारदिने भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ । तस्वीर सौजन्य ः अध्यक्ष ओलीको सचिवालय ...

इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन् । रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको सङ्क्रमण हुने जनाइएको छ । साथै यस्ता...

”नमूना विद्यालयमै छैन खेलमैदान”

कैलालीको भजनी नगरपालिकाले चकुलिया स्थित केदारेश्वर आधारभूत विद्यालयलाई नमूना विद्यालयका रूपमा घोषणा गरेको छ । ‘एक वडा, एक नमूना विद्यालय’को अवधारणाअनुसार सो विद्यालयलाई नमूना विद्यालय घोषणा गरिएको थियो । विद्यालयसँग व्यवस्थित खेलकुद मैदान छैन । राजनीतिक दाउपेचका कारण विद्यालयको जग्गामा सडक निर्माण भएपछि विद्यार्थीला...

रु १५ अर्बभन्दा वढी सहकारीद्वारा कृषिमा लगानी

जिल्लास्थित सञ्चालनमा रहेका सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । सहकारीको लगानीबाट हजारौँ युवा स्वरोजगार बनेको जिल्ला सहकारी सङ्घ रुपन्देहीले जनाएको छ । सहकारीले जिल्लामा सबैभन्दा धैरै लगानी कृषि क्षेत्रमा गरेको देखिन्छ । यसबाहेक कृषिजन्य उद्योग, कुखुरा फार्म, गाईभैँसी फार्म, माछाफार्म, तरकारी खेती, क...

व्यास नपाद्वारा भूमिहीनलाई निस्सा वितरण

तनहुँको व्यास नगरपालिकाले भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण गर्न सुरुआत गरेको छ । नगरपालिकाले व्यास नगरपालिका–१ बाट सोमबारदेखि निस्सा वितरण थालनी गरेको हो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने प्रक्रियास्वरुप निस्सा वितरण थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको कार्यालयमा आयो...

बागलुङमा डेङ्गु भेटियो

बागलुङमा डेङ्गुका बिरामी फेला पर्न थालेका छन् । गर्मी बढेसँगै जिल्लामा डेङ्गुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो । धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेङ्गु पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटे...

सन्दर्भ भानु जयन्ती ः सडकमै हराउँदै छ आदिकविको शालिक

झापा, २८ असार (रासस)ः चारआली–केचना हुलाकी सडकखण्डको भद्रपुर नगरपालिका–६ मा रहेको अर्धकदको आदिकवि भानुभक्त आचार्यको शालिक सडकमै हराएको छ । मिल मर्चेन्ट एशोसिएशन नामक संस्थाले विसं २०२४ मा स्थापना गरेको शालिकको अस्तित्व सडकका कारण हराएको हो । तत्कालीन समयमा सो संस्थाले सडकमा भानुको स्मारक राखेपछि ठाउँको नाम नै भानुनगर...

मेल पर्यटन परिषद् ः दुई समूहबीच प्रतिस्पर्धा

सङ्घीय राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यको रुपमा मानिन्छ । विदेशी होस् या स्वदेशी काठमाडौँ उत्रेपछि एक पटक ठमेल नपुग्ने सायदै होलान् । पर्यटक लक्षित विभिन्न पेसा र व्यवसाय अङ्गालेर बसेका ठमेल क्षेत्रका पर्यटन व्यवसायीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को नेतृत्व...

ट्रकको ठक्करबाट एकको मृत्यु

भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । घटनामा परी इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना५ख ८४९७ नंको ट्रकले भि...

भानु जन्मस्थलमा पूर्वाधार निर्माण

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिमा पूर्वाधार निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजित गरेको रु ३० लाखको लागतमा जन्मस्थल विकास समितिको कार्यालयमा पूर्वाधार निर्माण गरिएको हो । चालु आर्थिक वर्षमा विनियोजन भएको उक्त बजेटबाट कार्यालय परिसरमा...