रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्र्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । सरकारलाई दिएको समर्थन, समसामयिक राजनीति र संसदीय दलको नेता चयनका विषयमा ती बैठकमा छलफल हुने जनाइएको छ । पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार आज पार्टी कार्यालय वसुन्धरामा बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बज...

जापानमा ९४.५ प्रतिशत व्यक्तिद्वारा मूल्यवृद्धिको असर महसुस

बैंक अफ जापानले हालै गरेको एक सर्वेक्षणअनुसार जापानमा ९४.५ प्रतिशतले एक वर्ष अघिको तुलनामा मूल्यवृद्धि भएको महसुस गरेका छन् । त्यसैगरीे ६२.८ प्रतिशतले मूल्य वृद्धि भएको तर यसलाई आफूले व्यवस्थापन गर्न सकेको बताएका छन् । फेब्रुअरी ३ देखि मार्च १ सम्म गरिएको राष्ट्रव्यापी सर्वेक्षणमा २० वर्ष वा सोभन्दा बढी उमेरका ...

एक दशकमा पनि बनेन टेकुको पुल

एउटा पुल बन्न कति समय लाग्छ ? साना र सामान्य ढाँचाका भए एक वा दुई वर्ष लाग्छ । नेपालमा हाल निर्माण भइरहेका पुल हेर्दा लामो पुल र आधुनिक प्रविधिको पुल भए तीन चार वर्षसम्म लाग्ने देखिएको छ । तर काठमाडौँमा एउटा यस्तो पुल छ, जसको निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्यो तर निर्माण सकिएको छैन । टेकुको विष्णुमति नद...

शेयर बजार १९ अङ्कले घट्यो

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ११ अङ्कले घटेर एक हजार आठ सय ७० दशमलव ६५ को विन्दुमा कायम भएको हो । आज दुई सय ७१ कम्पनीको ३२ लाख छ हजार चार सय ५० कित्ता शेयर २६ हजार आठ सय एक पटक खरिद बिक्री हुँदा रू ९५ करोड ४३ लाख २२ ह...

उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज किसान सङ्गठनका प्रतिनिधिसँगको संयुक्त भेटमा प्रधानमन्त्री दाहालले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्र...

सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो

बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा आज दिउँसो मान्छेको टाउको भेटिएको हो । गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको हो । सो ठाउँमा टाउकोमा कपालसमेत रहेको इलाका प्रहरी कार्...

बैतडीमा ८० हजार बाख्रालाई पिपिआर खोप

बैतडीमा ८० हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सो सङ्ख्यामा पिपिआरविरुद्धको खोप लगाइएको हो ।   भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पिपिआर रोगबाट बचाउन बाख्रालाई खोप लगाइएको हो । केन्द्रले जिल्लाका १० वटै स्थानीय तहमा बाख...

चट्याङबाट वृद्धको ज्यान गयो

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो । इलाका प्रहरी क...

काभ्रेमा विपद् ः नौ महिनामा ५९ जनाको मृत्यु

चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेपलाञ्चोकमा चार सय २४ जना विपद्मा परेका छन् । तीमध्ये ५९ को मृत्यु भएको छ भने तीन सय ७७ घाइते तथा सुरक्षाकर्मीले ३३ को उद्धार गरेको जनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अघिल्लो आर्थिक वर्ष २०७८÷२०७९ मा चार सय ४३ विपद्मा परेकामध्ये ५६ को मृत्यु, तीन सय ५० घाइते तथा २...

अब लुम्बिनीमा विद्युतीय बसमा

लुम्बिनी, १४ वैशाख  ः बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय सवारी थन्किएका थिए । दातृ निकायबाट अनुदानमा प्राप्त अत्याधुनिक स...