काठमाडौ । केपी ओली नेतृत्वमा गठन हुन लागेको सरकारमा नेकपा माओवादी केन्द्रका तर्फबाट तत्काल कोही पनि सहभागी नहुने भएका छन् ।
पार्टी एकिकरणका विषयमा एमालेसँग कुरा नमिलेपछि तत्कालका लागि कसैलाई पनि सरकारमा सहभागी नगराउने माओवादी केन्द्रले निर्णय गरेको हो ।
एकजना माओवादी नेताका अनुसार ओलीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुने तर सरकारमा आफ्ना तर्फबाट कसैलाई पनि सहभागी नगराउने माओवादी केन्द्रको तयारी छ ।

442 पटक हेरिएको 

