स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल क्रान्तिकारीले अग्रस्थानमा विजय हासिल गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यहाँका ४० क्याम्पसमध्ये ३४ क्याम्पसको स्ववियु निर्वाचन शान्तिपूर्ण सम...

नापतौलको अनुगमन ः ठगी गर्नेलाई कारबाही

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमितरुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गर्ने झण्डै आठ हजार व्यापारीलाई कारबाही गरेको हो । पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभ...

स्ववियु निर्वाचन सम्पन्न गर्न निर्देशन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुन भएकाले सोभन्दा अगाडि नै रोकिएका क्याम्पममा स्ववियु निर्वाचन गर्न निर्देशन दिनुभएको हो ...

गुठिचौरमा स्वयंसेवक शिक्षक नराखिने

  अब गुठिचौर गाउँपालिकामा स्वयंसेवक शिक्षक नराखिने भएको छ । उक्त गाउँपालिकाको शिक्षा ऐन तथा शिक्षा ऐन, २०२८ लाई आधार बनाएर ‘शिक्षण सिकाइ अनुदान कोटामा स्वयंसेवक शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि २०७९’ कार्यान्वनयमा ल्याउने गरी कार्यपालिकाले पारित गरेको थियो ।   स्वयंसेवक शिक्षक नियुक्तिको विषयलाई लिए...

प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुहुँदै

  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट उहाँले विश्वासको मत लिनुहुने संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । रा...

आजको मौसम यस्तो छ

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   दिउँसो द...

मिटरब्याजीपीडित काठमाडौँसम्म पैदलयात्रामा

मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौँको पैदलयात्रामा निस्केका छन् । स्थानीयस्तरमा पटकपटक आन्दोलन गर्दा न्याय नपाएपछि मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौँका लागि पैदलयात्रामा निस्केका हुन् । मिटरब्याजविरुद्धको सङ्घर्ष समितिको नेतृत्वमा सरकारलाई ...

रासनकार्डमा भएको अनियमितताबारे अध्ययन गर्न समिति गठन

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, शाखा कार्यालय सिमकोटले रासनकार्डमा अनियमितता गरेको पाइएको भन्दै छानबिन गर्न समिति गठन गरेको छ । रासनकार्डमा परिवारको सङ्ख्या बढी उल्लेख गरिएको पाइएपछि छानबिनका लागि समिति गठन गरिएको हो । सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजीर रोकायाको संयोजकत्वमा समिति गठन गरिएक...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै

भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट न...

तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु

पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो । लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्बि...