युक्रेन र चीनका कारण जी ट्वेन्टी विदेशमन्त्रीको बैठक छायामा

शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिङ्केन जी ट्वेन्टी विदेशमन्त्रीको बैठकमा भागलिन आज यहाँ आउँदै हुनुहुन्छ । रसियाका सर्गेई लाभरोभ गए राति अबेरदेखि यहाँ हुनुहुन्छ । युक्रेन युद्ध र अमेरिका–चीन तनावका कारण जी ट्वेन्टीका गतिविधि छायामा पर्ने ठानिएको छ । विश्वका अग्रपङ्तिका अर्थतन्त्रबीच एकता कायम गर्ने प्रयासलाई भा...

फागु पूर्णिमामा छिम्केश्वरीमा साहित्यिक तथा सांस्कृतिक मेला

फागु पूर्णिमाको अवसरमा तनहुँको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा फागु पूर्णिमाको अवसरमा फागुन २२ गते पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला हुन लागेको हो । आँबुखैरेनी वाङ्मय परिषद्को आयोजना, छिम्केश्वरी युवा क्लब तथा आँबुखैरेनी–५...

कर नबुझाउनेलाई कारबाही

आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन र आयकरका चार सय २९ करदातामाथि कारबाही प्रक्रिया सुरु भएको सो कार्यालयले जनाएको छ । प्रमुख कर अधिकृत ढाकाराम तिवारीले भन्नुभयो,‘‘पहिलो चरणमा चरणमा...

पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । “पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प...

मकैमा अमेरिकी फौजी कीरा

झापाका केही स्थानमा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीरा देखिएको छ । झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकी फौजी कीरा देखिएको हो । केही ठाउँमा अमेरिकी फौजी कीरा देखिएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिनुभयो । “ठूलो क्षति गर्ने गरी प्रकोपका रूपमा देखिएको ...

भरतपुर महानगरद्वारा जग्गाको वर्गीकरण, कित्ताकाट खुला

भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ । महानगरले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, औद्योगिक क्षेत्र, व्यावसायिक क्षेत्र, आवासीय क...

लदी पर्वको संरक्षणमा माझी समुदाय

पछिल्लो समय लोप हुँदै गएको लदी पर्वको संरक्षणमा यहाँको माझी समुदाय लागिपरेको छ । मालढुङ्गाको माझी समुदायले मङ्गलबार यो पर्व धुमधामसँग मनाएका छन् । सडक निर्माण तथा नदीमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेसा माछा मार्ने र डुङ्गा (नाउ) मा सर्वसाधारणलाई नदी तार्ने काम बन्द भएपछि लदी पर्व पनि हराउँदै गएको थियो ।...

महोत्तरीमा डढेलोले सखाप हुँदै वन

मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा तथा पूर्वपश्चिम राजमार्ग वरप...

प्रधानमन्त्रीलाई थप आठ मन्त्रालयको कार्यभार

राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोक्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मौजु...

आइपिओ निष्कासन गर्दै मोदी इनर्जी

मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी रु दुई अर्ब ९० करोडको २५ प्रतिशत अर...