खेलप्रति आकर्षण छ, पूर्वाधार छैन

दमौली, १६ भदौ (रासस) ः तनहुँको व्यास नगरपालिका–४ निवासी इन्द्र गुरुङको आधा जीवन फुटबल खेलेरै बित्यो । उहाँ सानै हुँदादेखि फुटबल खेल्नुहुन्थ्यो । उहाँले खेल्न सुरु गरेदेखि नै जिल्लामा व्यवस्थित खेलमैदान थिएन । उमेरले ३५ पुग्नुभएका उहाँ जिल्लामा हालसम्म पनि व्यवस्थित खेलमैदान नबन्दा निराश हुनुहुन्छ । गुरुङ हाल अख...

नेपाल केन्यासँग पराजित

केन्या विरुद्धको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल पराजित भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको हो । यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । हिजो भएको खेलमा भने नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । केन्य...

नवौँ राष्ट्रिय खेलकुद : तनहुँमा भदौ ९ गतेदेखि खेलाडी छनोट

गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले यही भदौ ९ गतेदेखि जिल्लास्तरीय खेलाडी छनोट गर्ने भएको छ । जिल्लाका विभिन्न ठाउँमा खेल सञ्चालन गरी सो प्रतियोगिताका लागि खेलाडी छनोट गरिने समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषद्बाट तोकि...

कराते टोली भुटान प्रस्थान

भुटानमा आयोजना हुने पाँचौँ दक्षिण एसियन किकबक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल सो–क्योकुशिन करातेको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । टोलीलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । भुटान जाने टोलीमा तीन अफिसियल र छ खेलाडी गरी नौ जना छन् । सङ्घका ...

नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल चाँडै टुङ्गो लाग्ने

गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी रहेको राष्ट्रिय खेलकुद परिषद्(राखेप)बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद् गण्डकीले प्रतियोगिताको तयारीका काम अघि बढाएका हुन् । खेलस्थल छनोट, खेलाडी छ...

विश्वकप फुटबलको खेल तालिका परिवर्तन

विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने फिफा वल्डकप २०२२ एक दिन अगाडि अर्थात् मङ्सिर ४ गतेदेखि हुने भएको छ । निर्धारित मितिभन्दा एक दिन अगाडि उद्घाटन समारोह र उद्घाटन खेल प्रतियोगिता आयोजक देश कता...

विश्व कप क्यारेम खेल प्रतियोगिताका लागि राष्ट्रिय खेलाडीहरु छनोट

नेपालमा पहिलोपटक क्यारेम खेललाई राष्ट्रिय स्तरमा आधिकारिकता प्रदान गरिएको छ । अल नेपाल क्यारेम एसोसिएशनले राष्ट्रिय खेलाडीहरु छनोट गर्ने क्रममा आयोजना गरेको प्रतियोगितामा अशोक तामाङ प्रथम, सिषेश ढकाल द्वितीय, करण मगर तृतीय र कबिन सुनुवारलाई सान्त्वना पुस्कस्कार प्रदान गरिएको थियो । पुरस्कृत खेलाडीहरुलाई क्रमशः रु ५० ...

आहा रारा गोल्डकप घाटामा

पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार आठ सय घाटा लागेको छ । प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन तथा सङ्घसंस्थाबाट कूल आम्दानी रु ६६ लाख ४१ हजार एक सय ८१ भएकामा ख...

एक दिवसीय वरियतामा नेपाल यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज जारी गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १९औँ स्थानमा यथावत् रहन सफल भएको हो । अघिल्लो वरियतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो । नयाँ वरियतामा न्यूजील्याण्ड पहिलो स्थानमा रहेको छ भन...

बङ्गलादेशले टि २० विश्वकप आयोजना गर्ने

बङ्गलादेशले आगामी सन् २०२४ मा महिलाको टि २० विश्व कप आयोजना गर्ने भएको छ । साथै इङ्गल्याण्डले सो खेलकूद सन् २०२६ मा आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले घोषणा गरेको छ । साथै भारतले सन् २०२५ मा ५० वर्षभन्दा माथिका महिलाको विश्वकप क्रिकेट आयोजना गर्ने भएको घोषणा पनि सो काउन्सिलले गरेको छ । मङ्गलबार आ...