हुम्लामा ऊन उत्पादन गर्न किसानलाई भेडा वितरण

हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले ऊन उत्पादनमा जोड दिन किसानलाई भेडा वितरण गरेको छ । सिमकोट–१ र २ का १० किसानलाई १२० भेडा वितरण गरिएको छ । गाउँपालिकाको पशु शाखाको सिफारिसमा उनीहरुलाई भेडा वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुशीला भाम रोकायाले किसानलाई स्थानीय जातका भेडा वितरण गर...

सम्पत्ति शुद्धीकरणबारे सदनलाई जानकारी गराउन माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण (मनिलन्ड्रिङ) बारे अविलम्ब सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गर्नुभएको छ । बैठकको शून्य समयमा बोल्दै सांसद थापाले सम्पत्ति शुद्धीकरणसम्बन्धी पर्याप्त कानुन बनिनसकेको र भएको पनि प्रभावकारीरुपमा कार्यान्वयन नभएको अवस्थामा मुलुकमा व्यापक कर छली र भ...

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार र सोमबार लगातार उकालो लागेको नेप्से परिसूचक आज भने उच्च अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.८० अङ्कले ओरालो लागेर दुई हजार ८८.१६ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन...

आलेख सेवाः ड्रागन खेतीबाट पतिको सपना पूरा गर्दै

कर्णाली, १० साउन (रासस): घरको सदस्य गुमाउँदा कुन परिवारलाई पीडा हुँदैन र ? त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्यागेर रोजेको जीवन साथी अनि घरको मूल मान्छे गुम्दाको पीडा हरेक श्रीमतीका लागि अझ बढी असह्य हुन्छ । यद्यपि, सहनुको विकल्प पनि हुँदैन । त्यही असह्य पीडा छेडागाड नगरपालिकाको साल्मामा स्थायी घर भई हाल कर्णा...

यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन

मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु २२ करोड ३० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आव २०७८÷७९ रु ५५ करोड ५६ लाख ६८ राजस्व सङ्कलन भएको हो । सवारी करबाट रु ४२ करोड २२ लाख ३४ हजार ८७, सवारीचालक अनुमतिपत्र...

दाङमा बिकेन मह, माहुरीपालक किसान निराश

घोराही उपमहानगरपालिका–१३ कलमघारीका रेशमबहादुर राणासँग १५० माहुरीका घार छन् । उहाँले ८३ घारबाट माहुरीपालन सुरुआत गर्नुभएको हो । पहिला माहुरीपालनबाट मेहनतअनुसार कमाई ठिकै थियो । त्यही अवस्थाबाट उत्साहित हुँदै राणाले माहुरीका घार थप्नुभयो । “घार थपेसँगै मह उत्पादन बढेको छ, तर मह बिक्री हुन सकेको छैन”, राणाले भन्नुभ...

एक्सेल डेभलपमेन्ट बन्यो पहिलो प्रादेशिक बैंक

झापाको एक्सेल डेभलपमेन्ट बैंक प्रदेश नं १ को पहिलो प्रादेशिक बैंक बन्ने भएको छ । प्रादेशिक बैंकको मान्यता पाउनका लागि प्रदेशभर बैंकिङ कारोबारको कार्यक्षेत्र हुनुपर्ने प्रावधान छ । यसअघि झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर गरी पाँच जिल्लामात्र कार्यक्षेत्र रहेकामा बैंकको १६औँ वार्षिक साधारणसभाले क्षेत्र विस्तार गरी प...

ग्रामिण सडक सञ्चालन नहुँदा खाद्यान्न अभावको सङ्केत

वर्षाका कारण बैतडीका ग्रामीण कच्ची सडक सञ्चालनमा हुन नसक्दा खाद्यान्न अभाव हुने सङ्केत देखिएको छ । लगातारको वर्षाका कारण सडक हिलाम्मे भएका र बेलाबेलामा खस्ने पहिराका कारण सवारी साधन सञ्चालनमा समस्या हुँदा ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव हुने अवस्था सिर्जना भएको होे । जिल्लाको ढोल्यामोड– हाट, पाटन– पञ्चेश्वर, ...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि आइतबार पनि नेप्से परिसूचक उच्च अङ्कले बढेको थियो । बजारले आज पनि सोही लय पछ््याउँदै अगाडि बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५४.४५ अङ्कले उकालो लागेर दुई हजार १३२...

पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब

बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८÷७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट रु तीन खर्ब २० अर्ब ३२ करोड ७४ लाख ...