नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार नौ सय ४२ दशमलब ६३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक आठ दशमलब ८५ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलब ७४ मा पुगेको छ । कारोब...

१० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको माल वस्तु आयात गरेको छ । दश महिनाको अवधिका कूल रु १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख बराबरको व्यापार गरेको छ । विभा...

कफी खेतीमा जोड दिँदै खानीखोला

खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोकको दक्षिण–पश्चिम क्षेत्र डाँडापारि) महाभारत पर्वतशृङ्खला) मा अवस्थित स्थानीय तह हो ।   गाउँपालिकाले एक वर्षको अवधिमा कृषकलाई व्यावसायिक कफी खेतीमा अनुदानदेखि वृद्ध–वृद्धाको स्वास्थ्य परीक्षण तथा असहाय बालबालिकाको शिक्षामा जोड दिएको छ । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ खानीखोल...

दमेकमा तामाखानीको अध्ययन गरिँदै

बागलुङको जैमिनी नगरपालिका–३ दमेकको कालापातलमा तामा उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ । खानी विभागको अनुमतिमा मोहङ मिनीरल्स र शुभम् ग्रुपले तामा उत्खननका लागि प्रारम्भिक अध्ययन थालेका हुन् । यहाँ यसअघि तामाको उत्खनन हुने गरेका तथ्यका आधारमा प्रारम्भिक अध्ययन सुरु गरिएको वडाध्यक्ष कृष्ण भुजेलले बताउनुभयो ।...

लुम्बिनीमा नयाँ बजेटको तयारी गरिँदै

लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको छ । “विभागीय मन्त्री तोकिनुभएको छैन, त्यसले गर्दा नीतिगत छलफल गर्न पाइएको छैन...

सामान्य अङ्कले घट्यो नेप्से

आज पूँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ७१ वटा कम्पनीको २३ लाख ३६ हजार छ सय २५ कित्ता शेयर २१ हजार छ सय ४९ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ६९ करोड २२ लाख ७१ हजार स...

चितवन राष्ट्रिय निकुञ्ज : हालसम्मकै धेरै पर्यटक भित्रिए

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन महिना बाँकी रहँदै सबैभन्दा बढी पर्यटक भित्रिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्य...

तातोपानी नाका दुईतर्फी सञ्चालनमा

तातोपानी नाका आजदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो । आज बिहान नेपालबाट तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो । गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्...

जापानमा ९४.५ प्रतिशत व्यक्तिद्वारा मूल्यवृद्धिको असर महसुस

बैंक अफ जापानले हालै गरेको एक सर्वेक्षणअनुसार जापानमा ९४.५ प्रतिशतले एक वर्ष अघिको तुलनामा मूल्यवृद्धि भएको महसुस गरेका छन् । त्यसैगरीे ६२.८ प्रतिशतले मूल्य वृद्धि भएको तर यसलाई आफूले व्यवस्थापन गर्न सकेको बताएका छन् । फेब्रुअरी ३ देखि मार्च १ सम्म गरिएको राष्ट्रव्यापी सर्वेक्षणमा २० वर्ष वा सोभन्दा बढी उमेरका ...

शेयर बजार १९ अङ्कले घट्यो

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ११ अङ्कले घटेर एक हजार आठ सय ७० दशमलव ६५ को विन्दुमा कायम भएको हो । आज दुई सय ७१ कम्पनीको ३२ लाख छ हजार चार सय ५० कित्ता शेयर २६ हजार आठ सय एक पटक खरिद बिक्री हुँदा रू ९५ करोड ४३ लाख २२ ह...