जडीबुटी निकासी घट्यो

दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ । यस वर्ष जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष आधाले निकासा घटेको हो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीका अनुसार निजी वनबाट सबैभन्दा बढी कालीकाठ ७३ हजार पाँच सय ३० किलो निकासा भएक...

प्रतितोला रु आठ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेको छ । चैत ३० मा छापावाल सुन प्रतितोला रु एक लाख १० हजार आठ सय मूल्य कायम भएकोमा आज रु आठ सयले घटेर प्रतितोला रु एक लाख १० हजार कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख नौ हजार पाँच सय कायम भएको छ भने चाँदी प्रतिताेला एक हजार चार सय ५...

पोखराका होटलमा ९० प्रतिशत पर्यटक

नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन् । कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती एयरलायन्सको विमान दुर्घटनापछि झनै सुस्ताएकामा नयाँ वर्षको आगमनले उत्साह थपेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । पोखरा र आसपास गरी यहाँ ठूला...

कुरिलो खेतीबाट मनग्य आम्दानी

नवलपरासी(बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करिब डेड बिघा जमिनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आउनुभएको छ । बिगत चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आउनुभएका मोक्तानले विगत दुई वर्षदेखि कुरिलो खेती गर्न थालेको बताउनुभयो । अन्य खेतीमा भन्दा भौगोलिक...

भरतपुर महानगरको बेरुजु सबैभन्दा कम

देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी देखिएको भरतपुर महानगरको बेरुजु निकै कम रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ प्रतिवेदनमा छवटा महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा पनि भरतपुर महानगरको बेरुजु अन्य महानगर पा...

नयाँ वर्षमा बन्दीपुर आन्तरिक पाहुनाले भरिभराउ

नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ वर्ष मनाउन आन्तरिक पाहुनाको भीड लागेको हो । नयाँ वर्षलाई स्वागत गर्दै रमाउन बिहीबारदेखि नै बन्दीपुरमा पर्यटकको भीड बढेको बन्दीपुर पर्यटन विकास समितिका सचि...

नयाँ वर्षको अवसरमा बन्दीपुरमा सडक खाना महोत्सव सुरु

नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा नयाँ वर्षको अवसर पारेर आजदेखि तीन दिन सडक खाना महोत्सव सुरु भएको हो । “सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक त...

महासङ्घ निर्वाचन : जिल्लानगर र वस्तुगतर्फ मतदान सकियो, एशोसिएटको जारी

नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ । बिहान ८ बजेदेखि सुरु भएको मतदानमा जिल्लानगर र वस्तुगततर्फको मतदान सकिएको छ भने एशोसिएटतर्फतको मतदान जारी रहेको निर्वाचन अधिकृत रमणकुमार कर्णले जानकारी दिनुभयो । “बिहान ८ बजेदेखि सुरु भएको मतदान बीचमा के...

ब्याजदर घट्दा शेयर बजारमा हरियाली

ब्याजदर एकल अङ्कमा झार्ने निर्णयसँगै यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ । बुधबार बसेको नेपाल बैंकर्स सङ्घले बैठकले ब्याजदर एकल अङ्कमा झार्ने निर्णय गरेको थियो । ब्याजदर घटाउने निर्णयसँगै आजको कारोबारमा नेप्से परिसूचक ९२ दशमलव २२ अङ्क अर्थात् चार दशमलव ९३ प्रतिशतले बढेर एक हजार नौ सय ६३ दशमलव ५५ अङ्क कायम ...

फागुन मसान्तसम्म अर्थतन्त्र : मूल्यवृद्धि वाञ्छित सीमा नाघ्यो, शोधनान्तर बचतमा

चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति सात दशमलवत ४४ प्रतिशत पुगेको छ ।...