चितवन, १३ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका पछिल्लो निर्णयले नेपाली काँग्रेसको लोकतान्त्रिक चरित्र माथि नै प्रश्न चिन्ह खडा भएको बताउनुभएको छ ।

आज प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कामचलाउ सरकारले दीर्घकालिन महत्व र गम्भिर प्रकृतिका निर्णय धमाधम गर्दा काँग्रेसलाई नै घाटा हुने टिप्पणी गर्नुभयो । उहाँले नयाँ बन्ने सरकारले केही निर्णयहरु उल्टाउने समेत बताउनुभयो ।
अध्यक्ष प्रचण्डले फरक प्रशंगमा सरकार गठन अघि नै पार्टी एकता गर्ने गरी काम अघि बढेको बताउनुभयो । उहाँले पार्टी एकता ढिलो भएपनि सरकार गठनमा ढिलाई भने नहुने स्पष्ट पार्नुभयो ।
सरकारले बाँदरमुढे घटनामा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गरेकोमा आपत्ति नभएपनि काम चलाउ सरकारले यस्ता अनावश्यक काम नगरेको राम्रो हुने अध्यक्ष प्रचण्डको भनाई छ ।

909 पटक हेरिएको 

