सिन्धुली, १३ माघ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ मा हावाबाट ३५ किलोवाट विद्युत् उत्पादन शुरू भएकाे छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, एसियाली विकास बैंक र दक्षिण एसिया उपक्षेत्रीयको आर्थिक सहयोगमा वायु तथा सौर्य मिश्रित प्रणालीबाट विद्युत् उत्पादन गर्ने परियोजना सम्पन्न भएकाे हाे ।
एक करोड ९० लाख रूपैयाकाे लागतमा बनेकाे परियोजनाको कूल क्षमतामध्ये १५ किलोवाट सौर्य र २० किलोवाट वायु गरी ३५ किलोवाट विद्युत् नियमित उत्पादन भइरहेको छ ।

559 पटक हेरिएको 

