इटहरी गोल्डकपको उपाधि थ्रिस्टार क्लवले जित्यो

सुनसरी, १३ माघ । मनाङ मस्र्याङदी क्लब काठमाण्डौलाई हराउँदै थ्रिस्टार क्लब काठमाण्डौले इटहरीमा भएको मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधी चुमेको छ । थ्रिस्टारले मनाङलाई ० –१ गोलले हराउदै फाईनलमा थ्रिस्टारले उपाधी चुमेको हो । यो सँगै थ्रिस्टारले १२ लाख नगद सहित २.५ तोला सुन र ८० तोला चाँदिबाट निर्मित ट्रफि हात पारेको छ ।

राष्ट्रिय खेलाडीले भरीभराउ मनाङ र थ्रिस्टार बिच शनिवार भएको फाईनल खेल रोचक वनेको थियो । करीब १० हजार दर्शकले भरीभराउ इटहरीको रंगशालमा भएको खेलमा पहिलो हाफको ३६ औ मिनेटमा थ्रिस्टारका स्टाईगर बुद्ध चेम्जोङको उत्कृष्ट प्रहारले जाली चुमेको थियो । चेम्जोङको प्रहार नै निर्णयक बन्न पुग्यो । एक गोलले पछि परेको मनाङले वारम्वार गोल गर्ने प्रयास गरे पनि गोल हुन सकेन ।

 विभागिय टिम त्रिभुवन आर्मी क्लवलाई पराजित गरेर फाईनलको यात्रा तय गरेको थ्रिस्टारले मनाङलाई जित्दै गोल्डकपको उपाधी हात पारेको हो । दुबै टिममा राष्ट्रिय खेलाडी भरिभराउ थिए ।

त्यसका अलवा विदेशी खेलाडी पनि । थ्रिस्टारमा ६ जना राष्ट्रिय खेलाडी आवद्ध थिए । त्यो हिसावले थ्रिस्टार शसक्त मान्नुपर्छ । तर, मनाङमा पनि ५ जना राष्ट्रिय खेलाडी थिए । दुबै टिममा तीन–तीन जना अफ्रिकन खेलाडीहरु सम्मिलित थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार