१३ माघ, काठमाडौं :- नागरिक एकता समाजले प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. फरिदा खातुनलाई सम्मान गरेको छ ।
एकता समाजले शनिवार काठमाडौमा आयोजना गरेको एक कार्यक्रममा काग्रेश नेता प्रकाशमान सिंहले सम्मान गर्नूभएको हो ।

महिलाको प्रजनन स्वास्थ्यको क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाउदै आउनु भएका डा. खातुन हाल मोरङको संजीवनी अस्पतालमा कार्यरत हुनुहुन्छ । डा. खातुन वरिष्ठ बैदेशिक रोजगार व्यवसायी असगर अलीको छोरी समेत हुन् ।
पछिल्लो समयमा डा. खातुनले गरिव तथा विपन्न महिलालाई बिभिन्न किसिमको सहयोग समेत गर्दै आउनु भएको छ ।

1139 पटक हेरिएको 

