काठमाडौँ, १४ माघ । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडका विषयमा सहमति भएको छ ।
एमालेको संसदीय दलको कार्यालयमा पार्टी एकता संयोजन समितिद्वारा गठित कार्यदलको आज बसेको बैठकले दुई पार्टीबीच प्रदेशको मुख्यमन्त्री र प्रदेश सभामुख पदको साझा उम्मेदवारी दिने सहमति गरी संयोजन समितिसमक्ष सुझाव पेश गरेको हो ।

सहमतिअनुसार मुख्यमन्त्रीमा एमालेले प्रदेश नं १, ३, ४ र ५ तथा माओवादी केन्द्रले प्रदेश नं ६ र ७ मा साझा उम्मेदवारी दिनेछन् । त्यस्तै प्रदेश सभामुखमा एमालेले प्रदेश नं १, ३, ६ र ७ तथा माओवादी केन्द्रले प्रदेश नं ४ र ५ मा साझा उम्मेदवारी दिने सहमति गरिएको छ । त्यस्तै प्रदेश नं ४ र ५ एमालेले र माओवादी केन्द्रले प्रदेश नं १, ३, ६ र ७ मा उपसभामुख लिने सहमति भएकाे छ ।
मुख्य मन्त्रीबाहेकका प्रदेशको मन्त्रिपरिषद्का सदस्यको पद बाँडफाँड गर्दा एमालेलाई ७० प्रतिशत र माओवादी केन्द्रलाई ३० प्रतिशत कायम गर्न उपयुक्त हुने कार्यदलले सुझाव दिएको छ ।

809 पटक हेरिएको 

