म्यान्माको सैनिक सरकारले सात हजार बन्दीलाई आममाफीको घोषणा

FILE – In this July 11, 2018, file photo, Myanmar’s Army Commander-in-Chief Senior Gen. Min Aung Hlaing speaks during the opening ceremony of the third session of the 21st Century Panglong Conference at the Myanmar International Convention Centre in Naypyitaw, Myanmar. A military coup was taking place in Myanmar early Monday, Feb. 1, 2021 and State Counsellor Aung San Suu Kyi was detained under house arrest, reports said, as communications were cut to the capital. (AP Photo/Aung Shine Oo, File)

म्यान्माको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । प्रजातान्त्रीक नेत्री आङ सान सुचीको जेल सजायलाई ३३ वर्षमा पु¥याएको केही दिनपछि यस्तो घोषणा भएको हो ।

सेनाले सत्ता कब्जा गरेको करिब दुई वर्षपछि दक्षिणपूर्वी एसियाली यो देशमा सरकारी सेना र विद्रोहीबीच द्वन्द्व जारी छ । बन्द अदालतबाट चलेको न्याय निरुपणको शृङ्खलासँगै सैनिक सरकारले यो वर्षको अन्त्यमा नयाँ चुनावको तयारी गरिरहेको छ । बेलायतबाट स्वतन्त्र भएको ७५ वर्ष पुगेको अवसरमा आज ‘ट्याङ्क, मिसाइल लन्चर र सशस्त्र वाहन राजधानी नेपिटको ‘परेड ग्राउन्ड’ प्रदर्शन गरिएको थियो । परेडमा निजामती कर्मचारी र माध्यमिक विद्यालयका विद्यार्थीले सेनालाई साथ दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार