भक्तपुर, १५ माघ । राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नभए सम्म कुनैपनि सरकारमा सहभागि हुन नसक्ने बताउनु भएको छ ।
भक्तपुरमा भएको कार्यक्रममा बोल्दै राजपा नेता महतोले संविधान संशोधन नभइ कुनै पनि सरकारमा जाने अबस्था नरहेको भन्दै अहिले पनि संघर्षमा नै रहेको बताउनु भयो ।
संविधान संशोधनको मुद्दाको आधारमा निर्वाचनमा गएकोले त्यो पुरा नगरि कुनैपनि काम अगाडि नबढ्ने हुदा संसोधनको लागि आफुहरु जुनसुकै खालको कदम चाल्न बाध्य हुने नेता महतोले बताउनु भयो । ठूलो पार्टी भएको एमालेले संविधान संशोधनका बिषयमा आफ्नो धारणा सार्वजनिक नगरे सम्म सरकार गठनका बिषयमा छलफलनै हुन नसक्ने पनि बताउनु भयो ।
अहिलेसम्म सरकारमा पुगेका आफूलाई ठूला भन्ने दलहरुले देश र जनताका बिषयमा केही गर्न नसकेको उहाँले आरोप लगाउनुभयो ।

443 पटक हेरिएको 

