काठमाडौं, १५ माघ । काठमाडाैकाे ठमेलस्थित एपाेलाे क्लिनिकसहित काठमाडाैका विभिन्न अस्पतालमा कार्यरत २० जना विदेशी डाक्टरलाइ प्रहरीले पक्राउ गरेकाे छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र मेडिकल काउन्सिलले संयुक्त रुपमा छापा हानी आफूलाई डाक्टर बताएर काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिक पक्राउ गरेकाे हाे ।

राजधानीको ठमेलस्थित एपोलो क्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल, सिम्रिक अस्पताल लगायतमा उनीहरुले काम गरिरहेको प्रहरीले जनाएकाे छ ।

465 पटक हेरिएको 

