काठमाडौं, १५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरूद्द अकुत सम्पत्ति आर्जन गरेको अाराेपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

शर्माले सार्वजनिक सेवामा प्रवेश गरेपछि २०७३ मंसिर मसान्तसम्म ४ करोड २९ लाख बराबर अकुत सम्पत्ति आर्जन गरेको अख्तियारले आरोपपत्रमा जनाएको छ। शर्माले चल-अचल सम्पत्ति एवं सेयर लगानी लगायतका शीर्षकहरुमा समेत गरी ७ करोड ९३ लाख २७ हजार ८५ खर्च गरेको देखिएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ।
शर्माले वैध आयबाट ३ करोड ६३ लाख ७२ हजार ९ सय ६१ रुपैया आर्जन गरेको उल्लेख गरिएको छ। शर्माको कुल आर्जनमध्ये ४ करोड २९ लाख ५४ हजार १ सय २४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको तथा सम्पत्ति विवरण अमिल्दो देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

489 पटक हेरिएको 

