मलेसिया, १५ माघ । मलेसिया स्थित नेपाली दुतावासले कामदारको सचेतनाका लागि एक दिने कार्यक्रम सम्पन्न गरेको छ । दुतावासले धेरै नेपाली कामदार कार्यरत रहेको पेनांगमा एक दिने कार्यक्रम सम्पन्न गरेको हो ।

आइतबार गरिएको कार्यक्रम दुताबासका उपनियोग प्रमुख कुमार राज खरेलले कामदारले अपनाउनुपर्ने सावधानी, स्वास्थ्य सम्बन्धी सचेतना, अनुशासन तथा जिवनशैलीका बारेमा कामदारहरुलाई जानकारी गराउनुभएको थियो ।
उहाले राजदुतावासले प्रदान गर्ने सेवा सुबिधाका बारेमा जानकारी नहुदा धेरै नेपाली कामदारले समस्या खेप्ने परेको भन्दै त्यसको बारेमा समेत जानकारी दिनु भएको थियो ।

जन उद्दार केन्द्र, पेनाङ्गको समन्वयमा आयोजना गरिएको कार्यक्रममा राजदुतावासका श्रम काउन्सेलर बद्रिकुमार कार्कीले बैदेशिक रोजगारसँग सम्बन्धित निकायबाट पाउने सेवा सुबिधाका विषयमा जानकारी गराएका थिए ।

पेनाङ्गमा रहेका नेपालीलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रमले धेरै नेपाली कामदार लाभान्वित भएको जनउद्धार केन्द्र, पेनांगका अध्यक्ष केसु थापाले बताउनुभयो । उहाले दूतावासले यस्ता कार्यक्रमलाई निरन्तरता दिने समेत विस्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कामदार, बिभिन्न संघ सस्थाका प्रतिनिधिको बाक्लो उपस्थित रहेको थियो ।

1697 पटक हेरिएको 

