काठमाडौ, १६ माघ । बाम गठबन्धनले बहुमत पाएका ६ प्रदेसमध्ये चार प्रदेशको मुख्यमन्त्री र सभामुख एमालेबाट हुनेछन् । प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्यमन्त्री तथा प्रदेश १, ३, ६ र ७ को समामुख एमालेको भागमा छन ।
तर, एमालेले राष्ट्रिय सभाको चुनाव अगावै प्रदेश सभाको संसदीय दलको नेता र सभामुख चयन लगायतको कार्यमा सहभागी नहुन प्रदेस सांसदलाई निर्देशन दिएपछि प्रदेश सरकार गठनमा ढिलाइ हुने भएको छ । एमाले एक्लैले बहुमत पाएको प्रदेश नम्बर १ र ३ मा संसदीय दलको नेता चयन हुनासाथ प्रदेश प्रमुखले उसैलाई मुख्यमन्त्री चयन गर्ने छन् ।
अहिल्यै प्रदेश सरकार तथा संसदको काममा लाग्दा राष्ट्रिय सभा चुनाव प्रभावित हुन सक्ने भन्दै एमालले यस्तो निर्देशन दिएको हो । मुख्यमन्त्रीको आकांक्षि धेरै भएपछि आन्तरिक चुनावमार्फत संसदीय दलको नेता चुन्ने पनि एमालेले निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय धुम्बराहिमा बसेको स्थायी कमिटिको बैठकले केन्द्रबाट हस्तक्षेप गर्दा तल्लो तहमा असन्तुष्टि बढ्न सक्ने भन्दै प्रदेसभाबाटै विवाद टुंग्याउने निर्णय गरेको हो ।
प्रदेश नम्बर ५ बाट नेता शंकर पोखरेलमात्र दलको नेता चयन हुनु भएको छ । एमालेले मुख्यमन्त्री पाउने प्रदेश नम्बर १ मा एमाले सचिव भीम आचार्य र पोलिटव्यूरो सदस्य शेरधन राईबीच मुख्य प्रतिस्पर्धा छ यो प्रदेशमा केन्द्रीय सदस्य जीवन घिमिरेको पनि दाबेदारी छ ।
त्यस्तै, तीन नम्बर प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटव्यूरो सदस्य राजेन्द्र पाण्डेबीच प्रतिस्पर्धा देखिएको छ । प्रदेश नम्बर ४ मा भने सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटि सदस्य किरण गुरुङ मुख्यमन्त्रीको दौडमा छन् ।

346 पटक हेरिएको 

