प्रम ‘प्रचण्ड’ बैठको अध्यक्षता ग्रहण


नेपाल संस्कृत विश्वविद्यालयको आर्थिक वर्ष २०७९÷०८०को वार्षिक कार्यक्रम तथा आयव्यय बजेट पारित गर्ने प्रयोजनका लागि प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार आयोजित विश्वविद्यालयको ७५औँ बैठकमा अध्यक्षता ग्रहण गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर ः प्रदीपराज वन्तएमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने
नेकपा (एमाले)ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । एमाले बैठक पार्टी कार्यालयमा जारी छ । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार