काठमाडौँ, १६ माघ । गैरआवासीय नेपाली संघ एनआरएनले नेपालको लगानी प्रवद्र्धनका लागि १० अर्बको लगानी कोष स्थापना गर्ने भएको छ ।

एनआरएन र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच आज भएको छलफलका क्रममा संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवद्र्धनका लागि कोष स्थापना र परिचालन गर्न लागिएको जानकारी दिएका हुन्।
कोषको स्थापनाका लागि सरकारका निकायसँग छलफल जारी रहेको उनले बताए ।

642 पटक हेरिएको 

