हकिमीमाथि बलात्कारको आरोप


फ्रान्सको प्रसिद्ध फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोरक्कोका डिफेन्डर अशरफ हकिमीमाथि बलात्कारको आरोप लगाइएको फ्रान्सेली अभियोजनकर्ताले शुक्रबार बताएका छन् ।

चौबीस वर्षीय हकिमीलाई २४ वर्षीया एक युवतीले लगाएको आरोपका सम्बन्धमा बिहीबार अभियोजकहरूले सोधपुछ गरेका थिए ।

गत वर्ष कतारमा भएको विश्वकपको सेमिफाइनलमा मोरक्कोको ऐतिहासिक यात्राको महत्वपूर्ण हिस्सा रहेका म्याड्रिडबाट फुटबल खेलमा ख्याती कमाउनुभएका हकिमी शुक्रबार बिहान पिएसजीको प्रशिक्षणमा देखिनुभएको थियो । एएफपीसँगको सम्पर्कमा क्लबले उहाँविरूद्धको आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन ।

हकीमीलाई आफ्नी श्रीमती र छोराछोरी छुट्टीमा टाढा रहेको बेला आफ्नो घर आउनका लागि ती युबतीलाई पैसा तिरेको आरोप लगाइएको छ ।

सोमबार, हकिमी पेरिसमा फिफा बेस्ट अवार्ड समारोहमा देखा पर्नुभएको थियो । उहाँलाई पेशेवर फुटबलरहरूको लागि विश्वव्यापी प्रतिनिधि संगठन (एफआईएफप्रो) पुरुष वर्ष खेलाडीको रूपमा सम्मान गरिएको थियो ।

कतारमा सम्पन्न विश्वकप फुटबलमा उहाँ मोरक्काकोे फुटबल टोलीको महत्वपूर्ण खेलाडीका रूपमा देखिनुभएको थियो । मोरक्को अरब संसारबाट विश्वकपको अन्तिम चारमा पुग्ने पहिलो राष्ट्र बनेको थियो ।

फ्रान्सको कानुनअनुसार अभियोग लाग्नुको अर्थ मुद्दा सुनुवाइमा जाने भन्ने छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार