काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यानमार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सुरक्षा माग्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।
डा गोविन्द केसीको पक्षमा सर्वोच्चमा बहस गरेको आधारमा प्रतिशोध साँधी गोपाल पराजुलीले फोन गरेर धम्की दिएको भण्डारीले निवेदनमा उल्लेख गरेका छन्। सोही सन्दर्भमा मंगलबार २ बजे केही मानिस आफ्नो कार्यालयमा आएर समेत धम्की दिएको भण्डारीले बताएका छन् ।
आफ्नो जिउ ज्यानलाई प्रधानन्यायाधीश पराजुलीबाट खतरा रहेको भन्दै उनले आफ्नो सुरक्षा र ज्यानमा तलमाथी भए उनलाई कारबाहीको लागि समेत माग गरेका छन् ।


383 पटक हेरिएको 

