काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच ‘वान टु वान’ भेटवार्ता भएको छ। राजधानीको सोल्टी होटलमा ओली र स्वराजबीच साँझ पौने सात बजेदेखि भेटवार्ता सुरु भएको थियाे ।
अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारी अनुसार दुई नेताको भेटको समय छुट्याइएको थिएन। उनीहरुले झन्डै पौने घन्टा कुरा गरेका छन्।
‘त्यसपछि एमाले नेताहरु र भारतीय प्रतिनिधि मण्डलबीच कुरा भयो,’ अधिकारीले भने। दुई दिने नेपाल भ्रमणका लागि बिहीबार दिउँसो ४ बजे विशेष विमानबाट काठमाडौं ओर्लिएकी स्वराजले पहिलो राजनीतिक भेट ओलीबाट सुरु गरेकी हुन्। ओली र स्वराजबीच के कुराकानी भयो भन्ने खुलाइको छैन। एमालेले स्वराजको सम्मानमा सोल्टी होटलमा रात्रीभोजको आयोजना गरेको छ।
एमालेको रात्रीभोजपछि मधेसकेन्द्रीत दुई दल राजपा र फोरमका नेताहरु पनि स्वराजलाई भेट्न सोल्टी होटल पुग्दैछन्।

324 पटक हेरिएको 

