काठमाडौँ, १८ माघ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
निगम सञ्चालक समितिको केही बेरअघि सम्पन्न बैठकले पेट्रोलमा एक रूपैँया तथा डिजेल र मट्टितेलमा दुईका रूपैँयाका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य पाँच रूपैँयाले बढाइएको निगमले जनाएको छ ।

458 पटक हेरिएको 

