काठमाडौ, १९ माघ । नेपालको दुई दिने सद्भाव भ्रमणमा नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फर्कनुभएको छ ।
बिहीबार अपरान्ह विशेष विमानबाट काठमाण्डौ आएकी भारतीय विदेशमन्त्री स्वराज राजनीतिक भेटघाट सकि शुक्रबार स्वदेश फर्कनुभएको हो । विहिबार होटल सोल्टीमा भावी सरकारका प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेट गर्नुभएको थियो ।
स्वराज र ओलीबीच झण्डै ४५ मिनेट वान टु वान भेट भएको थियो । लगत्तै स्वराजले एमाले नेताहरुसँग सामूहिक भेट गर्नुभएको थियो । एमालेले विहिबार सांझ स्वराजलाई होटल सोल्टीमा रात्रीभोज दिएको थियो ।
स्वराजले शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग होटल सोल्टीमा छुट्टा छुट्टै भेट गर्नुभयो । त्यसलगत्तै राष्ट्रपति भण्डारीलाई भेट्न उहाँ शितलनिवास पुग्नुभएको थियो ।
त्यसपछि बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी उहाँ फर्कनुभएको हो । प्रधानमन्त्री देउवाले स्वदेश फर्कनु अघि भारतीय विदेशमन्त्री स्वराजलाई प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा दिवाभोज दिनुभएको थियो ।

640 पटक हेरिएको 

