विदेश पठाइदिने भन्दै डेढ कराेड ठगी गर्ने २ जना पक्राउ

काठमाडौँ, २२ माघ । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरोले  एक करोड ५० लाख रूपैँया ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले अमेरिका पठाइदिने भन्दै ठगी गर्ने मनिष बस्नेत र नरेन्द्रबहादुर पण्डित भन्ने २९ वर्षीय सुलभ पण्डित क्षेत्रीलाइ पक्राउ गरेकाे हाे ।

सुलभलाई गोकर्णेश्वर बेँसीगाउँबाट  पक्राउ गरेको सिअाइबीले जनाएकाे छ । अमेरिका पठाइदिने भनी नेपाली नागरिकताको प्रमाणपत्रसमेत तीन जनाको नाममा बनाई चौध जनासँग एक करोड ५० लाखभन्दा बढी ठगी गरेको प्रहरीले जनाएकोे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार