प्रहरी रिपाेर्टविना दुबइ जान नपाइने नियम लागु

युएइ, २३ माघ । रोजगारीका लागि युएई जाँदा अनिवार्य रूपमा सम्बन्धित देशको प्रहरीले बनाएको रिपोर्ट बुझाउनु पर्ने नयाँ नियम लागु भएको छ । कामदार भिसामा युएई जाँदा कामदारले स्वदेशमा कुनै पनि आपराधिक कृयाकलापमा संलग्न नभएको सम्वन्धित देशको प्रहरीले उपलव्ध गराएको रिपोर्ट सहित संलग्न गर्नुपर्ने नयाँ नियम युएई सरकारले फेब्रुअरी ४ तारीखबाट लागू गरेको हो ।

युएईको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन यस्तो नियम लागू गरिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यस्तो रिपोर्ट बनाउँदा सम्वन्धित कामदारको मुलुक वा कामदार पछिल्लो ५ बर्षदेखि बसिरहेको मुलुकको प्रहरीले उपलव्ध गराएको हुनुपर्ने समाचारमा बताइएको छ । रिपोर्ट बनाउँदा सम्वन्धित व्यक्ति कुनै पनि आरोेपमा यसअघि पक्राउ नपरेको वा सो व्यक्ति विरुद्ध कुनै वारेण्ट जारी नभएको उल्लेख हुनुपर्नेछ । यस्तो कागजात सम्वन्धित मुलुकमा रहेको युएईको दूतावास वा परराष्ट मन्त्रालयले प्रमाणित गर्नुपर्ने समेत जनाइएको छ ।

यसअघि केहि सार्वजनिक क्षेत्रको रोजगारी र केहि कम्पनीहरुले मात्रै सुरक्षा सम्वन्धि कागजात माग्ने गरेपनि अब यो सबैतिर अनिवार्य भएको छ । पर्यटन भिषामा आउनेहरुका लागि यस्तो कागजात आवश्यक नभएपनि फेब्रुअरी ४ तारीख अघि सेटिङ मार्फत पर्यटन भिसामा युएई आइ काम खोज्दै गरेकाहरुका लागि भने समस्या देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार