काठमाडौं– बुधबार हुने राष्ट्रियसभाको चुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
आज अायाेगमा भएकाे पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन अायुक्त डा. अयाेधिप्रसाद यादवले मतदानमा ढुक्क भएर सहभागी हुन सबै मतदातालाई आह्वान गरे ।
राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभाका २ हजार ५६ जना सदस्यले मत हाल्न पाउँछन्।
बुधबार बिहान १० देखि १ बजेसम्म निर्वाचन हुनेछ। निर्वाचनका लागि १४ वटा मतदान केन्द्र निर्धारण गरिएको आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए। यादवका अनुसार प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ को ललितपुरस्थित पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेको आयोगका निर्वाचन अधिकृतको कार्यालय नजिक सार्वजनिक स्थानमा मतदानस्थल तोकिएको छ।
२४ जना निर्विरोध निर्वाचित भएको र अब ३२ पदका लागि मात्रै निर्वाचित हुने आयोगले बताएको छ। बुधबार हुने निर्वाचनका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

491 पटक हेरिएको 

