चुडामणि शर्माकाे घरमा विप्लवका कार्यकर्ताले गरे ताेडफाेड

काठमाडौं, २३ माघ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको घरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले तोडफोड गरेका छन् ।

शर्मा भ्रष्टाचारी रहेको भन्दै विप्लवका कार्यकर्ताले बूढानीलकण्ठ- २२ महादेव खोला टोलमा रहेको शर्माको घरमा ढुंगामुढा गरेका हुन् ।

शर्माको घरको झ्यालका शिशाहरु फुटेका छन् । घरमा सामान्य क्षति पुगेको छ ।शर्माविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार