दाङ, २५ माघ । प्रदेश नं. ५ को राष्ट्रियसभा सदस्य निर्वाचन आज घोराहीमा सम्पन्न भएको छ । ३ सय ५ मतदातामध्ये दुई जना अनुपस्थित रहेका छन् ।
८७ प्रदेशसभा सदस्यमध्ये रुपन्देहीबाट राष्ट्रिय जनता पार्टीकी समानुपातिक सांसद बिणा पन्त र २ सय १८ स्थानीय तहका प्रमुख, उपप्रमुखमध्ये संघीय समाजवादी फोरमबाट बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद साह अनुपस्थित हुनुभएको हो ।
समानुपातिक सांसद पन्तले पार्टीमा विवादका कारण शपथ नै नलिएको र साह बिरामी भएका कारण उपस्थित नभएका हुन् ।

310 पटक हेरिएको 

