राष्ट्रियसभा निर्वाचन : ३७ स्थानकाे परिणाम अायाे

काठमाडाैं । बुधबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनको मतपरिणाम अाउने क्रम जारी छ । अाज प्रदेश २ बाहेक अन्य ६ प्रदेशहरूमा निर्वाचन भएको थियो । २ नम्बर प्रदेशका सबै उम्मेद्वार निर्विरोध निर्वाचित भएकाले चुनाव भएन । निर्वाचनबाट प्रत्येक प्रदेशमा कम्तीमा तीन महिला, एक दलित र एक अपांगता/अल्पसंख्यकसहित ५६ जना निर्वाचित हुनेछन् ।

बुधबार भएको निर्वाचनको पछिल्लो परिणाम अनुसार राष्ट्रियसभा सदस्यमा निर्विरोध/निर्वाचित भएकाहरुको नामावली

प्रदेश १
महिला
नैनकला ओझा (निर्विरोध), एमाले
विना पोखरेल (निर्विरोध), माओवादी केन्द्र
सरिता प्रसाईं रायमाझी (निर्विरोध), कांग्रेस

दलित
खेमराज नेपाली (निर्वाचित), एमाले
अपाङ्ग/अल्पसंख्यकतर्फ
अगमप्रसाद बान्तवा राई (निर्वाचित), एमाले

अन्य समूह
परशुराम मेघी गुरुङ (निर्विरोध), एमाले
हरिचरण शिवाकोटी (निर्विरोध), एमाले
रमेशजङ्ग रायमाझी (निर्विरोध), कांग्रेस

प्रदेश २
महिला
शशीकला दाहाल (निर्विरोध), माओवादी केन्द्र
मुक्ताकुमारी यादव (निर्विरोध), कांग्रेस
प्रमिला कुमारी (निर्विरोध), फोरम नेपाल

अल्पसंख्यक वा अपाङ्ग
वृषेशचन्द्र लाल (निर्विरोध), राजपा

दलित
रामप्रित पासमान (निर्विरोध), फोरम नेपाल

अन्य समूह
जीतेन्द्र देव (निर्विरोध), कांग्रेस
रमेशप्रसाद यादव (निर्विरोध), राजपा
सुमनराज प्याकुरेल (निर्विरोध), एमाले

प्रदेश ३
महिला
उदया शर्मा पौडेल (निर्वाचित), एमाले
दिलकुमारी रावल थापा (निर्वाचित), एमाले
धनकुमारी खतिवडा (निर्वाचित), कांग्रेस

दलित
सिंहबहादुर विश्वकर्मा (निर्वाचित), एमाले
अल्पसंख्यक वा अपाङ्गतातर्फ
रामचन्द्र राई (निर्वाचित), एमाले

प्रदेश ४
अल्पसंख्यक वा अपाङ्गता
प्रकाश पन्थ (निर्विरोध), कांग्रेस

प्रदेश ५
महिला
अनिता देवकोटा (निर्विरोध), कांग्रेस
कोमल वली (निर्विरोध), एमाले
मिना बुढा (निर्विरोध), एमाले

दलित
रामलखन चमार (निर्वाचित), एमाले
अल्पसंख्यक वा अपाङ्गतातर्फ
राजकुमार कुँवर (निर्वाचित), माओवादी केन्द्र

प्रदेश ७
महिला
इन्दु कडरिया (निर्विरोध), एमाले
कमलाकुमारी वली (निर्विरोध), एमाले
तारादेवी भट्ट (निर्विरोध), कांग्रेस

दलित
चक्र स्नेही (निर्वाचित), एमाले
अल्पसंख्यक वा अपांगतातर्फ
महेशकुमार महरा (निर्वाचित), माओवादी केन्द्र

अन्य समूह
शेरबहादुर कुँवर (निर्विरोध), एमाले
हरिराज चौधरी (निर्विरोध), माओवादी केन्द्र
बद्री पाण्डे (निर्विरोध), कांग्रेस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार