त्रिशुलीमा सरकारी गाडी खस्याे, सिंचाइ मन्त्रालयका सचिवसहित ३ जना वेपत्ता

काठमाडौं, २७ माघ । पृथ्वी राजमार्ग अन्तर्गत सलाङघाटमा त्रिशुली नदीमा गाडी खस्दा सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना वेपत्ता भएका छन् ।

कपिलवस्तुबाट काठमाडाैँ अाउँदै गरेकाे बा २ झ ३१४० नम्बरको गाडी शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र यादवकाे साथीकी छोरी वेपत्ता भएका हुन् । गाडीका चालक घाइते छन् । उनी दुर्घटनास्थलबाट आफै बाहिर आएपछि प्रहरीहरुले उद्धार गरेका थिए । उनलाई उपचारका लागि काठमाडौं ल्याइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार