काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणलगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलता सरलीकरण गरेर चुस्त र छरितो पारिने बताए ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा सरकारले शून्य सहनशीलताको नीति लिने स्पष्ट पारे । आर्थिक लेनदेनका आधारमा अनुमति लिनेदिने, समयमा काम नसक्ने, बिना कारण म्याद थप्ने र थपाउनेलाई तत्काल कारबाही गरिने प्रधानमन्त्रीको भनाइ छ । उद्योगी, व्यवसायीसँग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले निर्यातजन्य उत्पादनमा जोड दिन व्यवसायीलाई आग्रह गरे ।

556 पटक हेरिएको 

