सुर्खेत । प्रदेश ६ को आज बसेको चौथो संसद वैठकले यो प्रदेशको नामाकरण गरेको छ । सो बेठकले प्रदेश राजधानीसमेत तोकेको छ ।
बैठकमा नेकपा एमालेका सांसद तथा दलका नेता यामलाल कंडेलले संसदमा प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत राखियोस् भनेर पेश गरेको प्रस्तावलाई सभामुख राजबहादुर शाहीले पारित भएको घोषणा गरेका हुन ।
कंडेलको प्रस्तावमाथि समर्थन जनाउँदै कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले प्रदेश नंं ६ को समग्र पहिचान कर्णालीले सम्बोधन गर्ने भन्दै सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्रका सांसद वीरबहादुर शाहीले प्रदेशको नाम कर्णाली राख्नुको विकल्प नभएको उक्त प्रस्तावमाथि समर्थन जनाए ।
नामाकरण सम्बन्धिको प्रस्ताव मत विभाजनमार्फत पारित गरिए सँगै प्रदेश ६ को नाम कर्णाली प्रदेश र राजधानी सुर्खेत पक्का भएको छ ।

425 पटक हेरिएको 

