१२ फागुन, काठमाडौं :- काठमाडौंको भृकृटीमण्डपमा शुरु भएको वृहत जुत्ता, चप्पल मेलामा उपभोक्ताको भिड लागेको छ । नेपाल जुक्ता चप्पल उघोग व्यवसायी संघको आयोजनामा गत विहीवारबाट शुरु भएको मेलामा ग्राहकको भिड लागेको हो ।
“नेपाली वस्तु प्रयोग गरौ नेपाली उत्पादनमा गर्व गरौ” भन्ने मुल नारा दिएको मेलामा ५ सय भन्दा वढी नयाँ मोडेलका जुत्ता चप्पलहरु राखिएको छ । मेलामा सवै जुत्ता चप्पलहरु फ्याक्ट्रीकै भाउमा विक्रि, वितरण भईरहेको मेला संयोजक तथा केटीएम शुजका संचालक प्रमोद महतोले जानकारी दिनुभयो । “उहाले हामीले यती धेरै छुटमा कहिले पनि जुत्ता, चप्पल विक्रि गरेका थिएनौ” यो, पहिलो पटक हो” । त्यसैले, यो मेला प्रथम र एतिहासिक छ” ।
निशुल्क प्रवेशको व्यवस्था मिलाएको जुत्ता , चप्पल मेलामा ग्राहकले ७ वटा कम्पनीले उत्पादन गरेका जुत्ता, चप्पलहरु एउटै छानी मुनी छानी छानी खरिद गर्न सक्नेछन् ।
सस्तो मुल्यमा वलियो र राम्रो जुत्ता, चप्पल खरिद गर्नेहरुका लागि यो मेला फलदायिक हुने भेनस शुजका संचालक जिवन श्रेष्ठले बताउनुभयो ।
“उहाले विगतमा पनि यस्तो मेला लाग्ने गरेपनि यति धेरै छुट र मोडेलका जुत्ता, चप्पलहरु भने राखिएको थिएन” ।
मेलामा केटीएम शुज, भेनस शुज, प्राईम स्वदेशी जुत्ता, फुट स्टेप शुज, हाईलाईफ फुट शुज, क्वालिटी शुज, शुभेच्छा शुज, शिद्धीविनायक फुटवेयर लगायत कम्पनीका जुत्ता, चप्पलहरु राखिएको छ ।
मेला फागुन १९ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।