राष्ट्रियसभामा मनोनित तीन सदस्यको सपथ रोक्न सर्वोच्चका आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेका राष्ट्रियसभाका तीन सांसदलाई सपथ नगराउन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलालाले यस्तो आदेश गरेको हो।शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यमा सिफारिस गरेका तीन जनालाई थाँती राख्दै नयाँ प्रधानमन्त्री ओलीले नयाँ सिफारिस गरेका थिए।

संविधानले सरकारले राष्ट्रियसभाका लागि तीन जना सदस्य मनोनियत गर्ने अधिकार दिएको छ। सोही अघिकार प्रयोग गर्दै पूर्व प्रधानमन्त्री देउवा सरकारले तीनजनाको नाम सिफारिस गरेको थियो।

देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई सिफारिस गरेको थियो, तर राष्ट्रपतिले उक्त निर्णय प्रमाणित नगरी थाँती राखेर ओली नेतृत्वको नयाँ सरकारले सिफारिस गरेका युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार