काठमाडौं । काठमाडाैँ पुतलीसडकस्थित सेयर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ।
आगलागीबाट भवनको पाँचौं तलामा रहेको एनआइसी एजुकेसन कन्सल्टेन्सीमा पूर्ण रुपमा क्षति पुगेको छ। घटनामा मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।
बिहान करिब १० बजेबाट आगलागी सुरु भएको थियो । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ।

382 पटक हेरिएको 

