दाेस्राेपटक भयो मन्त्रिमण्डल विस्तार, ११ मन्त्रालय अझै खाली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि प्रधानमन्त्री ओलीले सोमबार दोस्रोपटक नेकपा एमाले र माओवादी केन्द्रबाट दुई–दुईजना सहभागी गराउदै मन्त्रीपरिषद् बिस्तार गर्नुभएको हो ।

एमालेबाट महासचिव ईश्वर पोखरेल–रक्षा र डा. युवराज खतिवडा–अर्थमन्त्री बन्नुभएको छ भने माओवादी केन्द्रबाट रामबहादुर थापा–गृह र मात्रिका यादव–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्नुभएको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा प्रधानमन्त्री ओलीको उपस्थितिमा पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।

विस्तारसंगै मन्त्रिपरिषद सात सदस्यीय बनेको छ । प्रधानमन्त्री ओलीले आफूले शपथ लिएकै दिन तीन सदस्यीय मन्त्रिपरिषद गठन गठन गर्नुभएको थियो । एमालेका लालबाबु पण्डित र थममाया थापाले प्रधानमन्त्रीसँगै सपथ लिनुभएको थियो । पछिल्लो पटक सरकारले गरेको निर्णय अनुसार १७ वटा मन्त्रालय रहनेछन् । अब सरकारले पूर्णता पाउँन ११ जना मन्त्री थप्नु पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार