अदालत परिसरमै प्रहरी द्धारा महिला माथि कुटपिट

रौतहट । बहस सुन्न जान लागेकी पीडित महिला लाई प्रहरीले निर्घात कुटटि गरेपछि सोमबार जिल्ला अदालत गौर तनाबग्रस्त बनेको छ । बालक हत्याका आरोपीको थुनछेक बहस सुन्न अदालतको बेन्चमा जान लागेकी ५५ बर्षिया कोरैसी फकिरी, अधिकारकर्मी अम्ब्या खातुनलाई प्रहरी उपरिक्षक यज्ञबिनोद पोखरेलको आदेशमा निर्घात कुटपिट गरेपछि अदालत परिसरनै तनाबग्रस्त बन्न पुगेको हो । दुबै महिलाको अबस्था गम्भिर रहेको छ ।

रौतहटको राजपुर नगरपालिका वडा नम्वर ९ बैरिया निबासी ८ बर्षिय बालक महफुज देवानको गत माघ ९ गते हत्या आरोपमा पक्राउ परेका पाँच जनाको बयान सुन्न अदालत भित्र जाने क्रममा ती दुबै महिला लाई प्रहरीले निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन । दुबै महिलाको संबेदिनशिल अगमा गहिरो चोट लागेको जिल्ला अस्पतालले गौरले जनाएको छ ।

कोरैसी फकिरी हत्या गरिएका बालक महफुज देबानको हजुरआमा हुन । प्रहरीको कुटाई बाट गम्भिर घाईते भएकी महिला अधिकारकर्मी अम्ब्या खातुन लाई थप उपचारको लागि बीरगज पठाइएको जनाइएको छ । कुटपिट गर्न आदेश दिने प्रहरी उपरिक्षक पोखरेल सहितका दोषि प्रहरीको कारबाही गर्दै अदालत परिसरमा पीडितपक्षले चर्को नारावाजी समेत गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार