सरकारसँग फोरमकाे कुरा मिलेन, तत्काल सरकारमा सहभागी नहुने फोरमकाे अडान

काठमाडौं । सरकारमा सहभागिताको विषयमा वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच वार्ता निष्कर्षविहिन सकिएको छ । बुधबार साँझ दुवै पक्षबीच वार्ता भए पनि कुरा मिल्न नसकेपछि सहमतिपत्रमा हस्ताक्षर हुन सकेन।

सिंहदरबारमा भएकाे वार्तामा फोरम अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु प्रधानमन्त्री कार्यालय पुगेका थिए । छलफलमा केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड थिए ।

बैठकबाट बाहिरिँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले कुरा मिल्न नसके पनि छलफलको क्रम जारी रहेको बताए। प्रधानमन्त्री ओलीले बिहीबार बिहान नौ बजे फेरि छलफलमा बोलाएका छन् । फोरम अध्यक्ष यादवले सरकारमा सहभागी हुन संविधान संशोधनको मुद्दा सम्बोधनको ग्यारेन्टी हुनुपर्ने अडान राख्दै आएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार