पानी परेपछि नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको अभ्यास खेल खराब मौसमका कारण रद्द भएको छ ।

जिम्बावेको क्वेक्वे मैदानमा तय भएको खेल गए राती परेको पानीका कारण खेल मैदान ओसिलो भएपछि खेल प्रभावित भएको थियो । पछि ३० ओभरको हुने तय भएपछि एक्कासी मौसम खराब भएकाले खेल रद्द गरिएको हो ।

यसअघि नामिवियामा भएको डिभिजन–२ को खेलमा दोस्रो हुँदै एकदिवसीय विश्वकप क्रिकेट छनौट प्रतियोगिताअन्तर्गत पहिलो खेल आगामी २० गते आयोजक जिम्वाबेसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार