डा. केसी फेरी अनसनमा बस्ने

काठमाडौं । प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गरेका छन् । डा. केसीले दुईबुँदे माग अघि सार्दै फागुन २९ गतेदेखि अनसन बस्ने घोषणा गरेका छन् ।

डा. केसीले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश पराजुलीलाई महाअभियोग लगाउनुपर्ने र चिकित्सा शिक्षासम्वन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्नु पर्ने माग अघि सारेका हुन् ।

न्यायालयको छवि थप धमिलिन र न्याय सम्पादनमा थप भ्रष्टाचार संस्थागत भएर निरपेक्ष दण्डहीनता आउने अवस्था रोक्नका लागि प्रधानन्यायाधीश पराजुलीलाई महाअभियोग लगाउनु पर्ने डा. केसीको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार