एमाले माअाेवादी सांसदलार्इ अाेलीको निर्देशन– सरूवा बढुवाको फाइल नबोक्नुस

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई व्यक्तिगत हित त्यागेर विकासमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

आज नयाँ बानेश्वरमा एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त वैठकलाई गर्दै प्रधानमन्त्री ओलीले सरुवा बढुवाका फाइल बोकेर हिंड्ने काम सांसदको नभएको बताएका हुन् । उनले सांसदहरुलाई जनताका विकास निर्माणका फाइल बोकेर आउन निर्देशन दिए ।

‘सरुवा बढुवाका फाइल बोकेर हिंड्ने काम सांसदको होइन, तपाईहरु जनताका विकास निर्माणका फाइल बोकेर आउनुहोस्’ प्रधानमन्त्री ओली भने, ‘विकासका काम गरेर नतिजा देखाउने बाहेक अरु कुनै काम गर्नु पर्नेछैन ।’

प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको उमेरवारे सार्वजनिक भएको विवादको प्रसंग निकाल्दै ओलीले जन्ममितिमको अभिलेख समेत सहि नराख्ने अभ्यासबाट देशलाई माथि उठाउनु पर्ने वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार