संघीय सांसदले अाज सपथ लिँदै

काठमाडौं । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी कूल ३ सय ३४ सांसदले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा सपथ लिदैँछन्। सांसदहरुको सपथ प्रतिनिधिसभाका जेष्ठ सदस्यका रुपमा राजपाका नेता महेन्द्र राय यादवले गराउने संसद सचिवालयले जनाएको छ ।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण साँझ ५ बजेका लागि तय भएको छ।

राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ ग्रहणको तयारी सकिएको जानकारी दिएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासमा ज्येष्ठ सदस्यले शपथ लिएपछि उनीहरुले नै प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई शपथ गराउनेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार