नेपाल जिम्बाब्बेसँग १ सय १६ रनले पराजित

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत नेपाल पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग १ सय १६ रनले पराजित भएकाे छ ।

जिम्बावेले दिएको ३ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेटको नोक्सानीमा २ सय ६४ रन जोड्यो।  खेलमा नेपालका लागि मध्यक्रमका ब्याट्सम्याद्वय आरिफ शेख र शरद भेषावकरले अर्धशतक प्रहार गरे । आरिफले ५० रन जोडे। उनले ५९ बलमा ५ चौका प्रहार गरे।  शरद भेषावकरले ५२ रनको योगदान दिए। उनले ४८ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

नेपालले ओपनिङ ब्याट्सम्यान दिलीप नाथ २ रनमा आउट भए । कप्तान पारस खड्काले ४० रन, दीपेन्द्रसिंह ऐरीले २३ रन र ओपनर ज्ञानेन्द्र मल्ल ३२ रनमा आउट भए ।

त्यस्तै नेपालका लागि रोहितकुमार पौडेलले ३० रन, बसन्त रेग्मी २ रन र सोमपाल कामीले नटआउट १२ र सन्दीप लामिछानेले नआउट ७ रनको योगदान दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार