प्रतिनिधिसभा सदस्यको सपथमा ४ जना सांसद अनुपस्थित

काठमाडौँ, २० फागुन । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाका सदस्यको शपथ कार्यक्रममा चार सांसदको अनुपस्थित भएका छन् ।

प्रतिनिधिसभाको सभाहलमा आज भएको शपथ कार्यक्रममा सांसदहरु टोपबहादुर रायमाझी, महेन्द्रराय यादव, धर्मशीला चापागार्इं र रेशम चौधरी अनुपस्थित रहनुभएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।

सांसदहरुलाई ज्येष्ठ सदस्य महन्थ ठाकुरले शपथ गराउएका थिए । कूल २७५ सदस्यीय प्रतिनिधिसभाका सदस्यको शपथमा २७१ सांसद उपस्थित थिए ।

सांसद चौधरी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् भने अन्य सांसद व्यक्तिगत कारणले शपथमा अनुपस्थित रहेको बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार