पेट्रोलको मुल्य एक रूपैयाँ घट्याे

काठमाडौँ, २० फागुन । नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ ।

स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो ।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमले जनाएको छ । अब निगमले पाक्षिकरुपमा रु १५ करोड नाफा गर्ने प्रक्षेपण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार